‘लक्ष्मी पूजा’ टिजर रिलिज, जाहान्वीको दोहोरो भूमिका (भिडियो)



आउँदो कार्तिक ७ गते फूलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र फिल्म ‘लक्ष्मी पूजा’ को टिजर सार्वजनिक भएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको टिजर सस्पेन्स र रिभेन्ज फ्लेभरको छ । टिजरमा चलचित्रका कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायत फिचर्ड छन् ।

समिर मियाँको निर्देशन रहेको चलचित्रमा शोभित बस्नेत निर्माता छन् । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार, जाहान्वीको शीर्ष भूमिका रहेको चलचित्रमा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu