प्राकृतिक सुन्दरतामा रमाउँदै नम्रता



अभिनयमा पारंगत मानिने अभिनेत्री नम्रता श्रेष्ठ छानेर चलचित्रमा काम गर्छिन् । पछिल्लो पटक चलचित्र ‘जाइरा’ मा देखिएकी उनी यसमा मार्सल आर्टस् खेलाडीको भूमिकामा थिइन् । चलचित्रमा आफ्नो चरित्रलाई न्याय दिन उनले कपाल समेत मुण्डन गरेकी थिइन् । यो उनको ठूलो त्याग थियो । तर, चलचित्र सफल भएन । उनले चलचित्रका लागि गरेको मिहेनतको मात्र प्रशंसा भयो ।

‘जाइरा’ रिलिजको झण्डै एक वर्ष नयाँ चलचित्र साइन गरेकी उनले लकडाउनको समयमा आफैंले अभिनय गरेको चलचित्र ‘प्रसाद’ को सिक्वेलका लागि सम्झौता गरेकी छन् । कोरोना महामारीपछि छायांकन सुरु हुने चलचित्रमा नम्रताले फेरि एकपटक अभिनेता विपिन कार्कीसँँग अनस्क्रिन रोमान्स गर्नेछिन् । यो चलचित्रमा काम गर्नका लागि उनले मोटो पारिश्रमिक बुझेको चर्चा छ ।

कोरोनाका कारण देश लकडाउन भएपछि घरभित्र सीमित भएकी नम्रता निषेधाज्ञा खुकुलो भएसँगै देशभित्रका पर्यटकीय स्थलको भ्रमणमा निस्किएकी छन् । उनले हिमाली क्षेत्रमा रमाएका तस्विरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा साझेदार गर्दै ती क्षेत्रको सुन्दरताको बयान गरेकी छन् । सोमवार उनी सोलुखुम्बु जिल्लामा अवस्थित गोक्यो तालको सुन्दरता निहाल्न पुगेकी थिइन् ।

सेप्टेम्बर ११ तारिखमा हेलिकप्टरमार्फत् लुक्ला एयरपोर्टमा ओर्लिएकी उनी प्रेमी दावा स्टीभन शेर्पाको साथमा घुम्नका लागि निस्किएको बुझिएको छ । तर, नम्रताले सामाजिक सञ्जालमा प्रेमीसँगका तस्विर भने शेयर गरेकी छैनन् । कोरोनाको भयका कारण ६ महिना घरभित्र सीमित हुँदा छट्पटिएकी उनलाई हिमाली क्षेत्रको प्राकृतिक सुन्दरताले शान्तिको आभाष गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu