हरिवंश आचार्य दाम्पतीलाई कोरोना संक्रमण



हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ । सामान्य लक्षण देखिएपछि सोमवार पिसिआर परीक्षण गराउँदा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको हो । कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले आफूहरुको स्वास्थ्य भने सामान्य रहेको बताएका छन् । उनले लेखेका छन्, ‘यहाँहरुको माया, आर्शिवाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’

उनले आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन पनि आग्रह गरेका छन् । उनी केही दिनअघि चलचित्र ‘हुतुतु’ को स्क्रिप्टमा बसेका थिए । उनलाई कोरोना संक्रमण देखिएपछि ‘हुतुतु’ का राइटर अभिमन्यू निरवीदेखि अभिनेता प्रदीप खड्कासम्म होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu