आर्यनको सर्टलेस अवतार



नेपाली चलचित्रमा हिरोको परम्परागत मानकभित्र अटाउने अभिनेता हुन्, आर्यन अधिकारी । अग्लो कद, चकलेटी लुक्स र आकर्षक शरीरका कारण उनलाई आकाश अधिकारी निर्देशित चलचित्र ‘के म तिम्रो होइन र’ प्रदर्शनपछि सम्भावना बोकेको अभिनेताको रुपमा लिइएको थियो । यसमा उनको अपोजिटमा अभिनेत्री मरिष्का पोखरेलले अभिनय गरेकी थिइन् ।

यो चलचित्र बक्सअफिसमा औसत चले पनि आर्यनको सुगठित शरीर र एक्सनलाई दर्शकहरुले निकै रुचाएका थिए । यसपछि उनी अभिनीत दुई चलचित्र ‘बटरफ्लाई र बाँध मायाले’ प्रदर्शनमा आए । तर, दुवै बक्सअफिसमा असफल भए । अभिनय गरेका तीन चलचित्रले करिअरलाई उचाइ दिन नसकेपछि अमेरिका फर्किएका उनको नयाँ चलचित्र ‘जस्मिन’ प्रदर्शनको पखाईमा छ ।

अभिनय सुधारमा भन्दा शरीर बनाउन मिहेनत गरेको आलोचना खेप्दै आएका आर्यनले बुधवार फेसबुकमा आफ्नो एक सर्टलेस तस्विर साझेदार गरेका छन्, जसमा उनलाई मोटो पाखुरा, चौडा छाती र सिक्स प्याक शरीरमा देख्न सकिन्छ । अमेरिकामा पनि आफ्नो शरीरलाई आकर्षक बनाउन मिहेनत गरिरहेका उनले चलचित्रमा भने आफूलाई सुहाउने भूमिका पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu