प्रदीपलाई अभिनय सिकाउँदै अनुप बराल (फोटोसहित)



केही महिना ‘हुतुतु’ र दिनेश राउतको चलचित्रको स्क्रिप्टमा बसेका अभिनेता प्रदीप खड्का अहिले पोखरामा रंगकर्मी तथा कलाकार अनुप बरालबाट अभिनयको कक्षा लिइरहेका छन् । पोखराको एक रिसोर्टमा कलाकार बरालले प्रदीप एक्लैलाई अभिनय सिकाइरहेका छन् । अनुप बरालले आफूलाई तीन महिनासम्म अभिनय सिकाउने प्रदीपले बताए । उनले पहिलो पटक अभिनयको औपचारिक कक्षा लिएका हुन् ।

‘अहिले दैनिक ६ घण्टा अनुप सरबाट अभिनय सिकिरहेको छु । दशैंसम्म यो क्रम जारी नै रहनेछ । केही दिनमा नै उहाँबाट धेरै कुरा सिक्न पाएको छु,’ प्रदीपले भने- ‘मैले अहिलेसम्म अभिनयको औपचारिक कक्षा लिएको थिइनँ । पहिलादेखि नै अभिनय सिक्ने इच्छा भने थियो । तर, व्यस्तताले समय निकाल्न पाएको थिइनँ । लकडाउनमा एक प्रकारले समयको सदुपयोग पनि भएको छ ।’

आलोचनाले अभिनय सिक्ने सोच पलाएको त होइन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कलाकार भएपछि आलोचना र तारिफ हुनु सामान्य हो । म यसलाई सकारात्मक रुपमा लिन्छु । तर, अभिनयको आलोचना भएर अभिनय सिक्न लागेको चाहिँ होइन । म आफैंलाई अभिनयका विभिन्न आयामका बारेमा सिक्न मन थियो । तीन महिनाको अवधिमा अनुप सरबाट धेरै सिक्न पाउँछु भन्ने विश्वास छ ।’

चलचित्र ‘प्रेमगीत’ पछि प्रदीपले अभिनय सुधारमा मिहेनत नगरेको आलोचना खेप्दै आएका थिए । यो फुर्सदको समयमा उनले आफ्नो अभिनयमा निखारता ल्याउन अभिनयको कक्षा लिने निर्णय गर्नुले चलचित्र क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ । अनुप बरालको मार्ग निर्देशनले प्रदीपको अभिनयमा कति परिपक्वता आउला ? धेरैका लागि चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu