यस्तो छ अक्षयको ‘लक्ष्मी बम्ब’ ट्रेलर (भिडियो)



बलिउड सुपरस्टार अक्षय कुमार स्टारर चलचित्र ‘लक्ष्मी बम्ब’ को ट्रेलर सार्वजनिक भएको छ । राघव लरेन्स निर्देशित यो चलचित्रमा अक्षयको अपोजिटमा कियारा आडवाणी छिन् । यो अक्षयको पहिलो चलचित्र हो, जसमा उनी तेस्रो लिंगीको भूमिकामा देखिएका छन् । चलचित्र ९ नोभेम्बरमा डिज्नी हटस्टारमा रिलिज हुँदैछ । यो चलचित्र तमिल चलचित्र ‘मुन्नी २ : कञ्चना’ को हिन्दी रिमेक हो ।

चलचित्रको ट्रेलर हेरेपछि दर्शकले अक्षयको अभिनयको तारिफ गरेका छन् । ट्रेलरमा उनी कमेडी अन्दाजमा देखिएका छन् । ३ मिनेट ४० सेकेण्डको ट्रेलरले अक्षय अभिनीत चलचित्र ‘भूल भूलैया’ र राजकुमार रावको ‘स्त्री’ को पनि याद दिलाउँछ । ट्रेलर निकै इन्टरटेनिङ छ । तेस्रो लिंगीको भूमिकामा अक्षयले अभिनयको नमुना पेश गरेका छन् । लक्ष्मीको लुक्समा उनी जमेका छन् ।

यो चलचित्रमा अक्षय र कियाराका अलावा तुषार कपूर, शरद केलकर, अश्विनी कल्सेकर जस्ता कलाकारहरुको पनि अभिनय छ । ‘लक्ष्मी बम’ पहिला २२ मे २०२० मा प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाको महामारीका कारण अब यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । यूट्युबमा ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्र बहिष्कारको माग उठेको छ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu