एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा उपासना



लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरले अन्य विधा वा क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउँदै आएको छ । अष्ट्रेलिया लगायतका मुलुकहरूमा उच्च शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरुको विश्वास जित्दै आएको एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले अब नेपाली चलचित्र र गीत संगीतमा पनि संस्थाले आबद्दता बढाउने बताएका छन् ।

यसबीच, अभिनेत्री उपासना सिंह ठकुरी एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएकी छन् । शुक्रवार उनी यो संस्थाको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएकी हुन् । एक वर्षका लागि उनी एजुकेशन एण्ड माइग्रेसन कर्नरको ‘ब्रान्ड एम्बास्डर’ मा अनुबन्ध भएकी हुन् । उनले अष्ट्रेलियामा उच्च शिक्षा अध्यन गर्न चाहने नेपाली विद्यार्थीहरुको मन जितेको सस्थासँग जोडिन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

उपासनाले अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् भने दोस्रो चलचित्रको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ मा काम गरेकी थिइन् । यी दुवै चलचित्रमा उनको काम निकै रुचाइएको थियो । अब उपासना सिंह ठकुरीले एजुकेशन एण्ड माइग्रेसन कर्नरले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu