दामी एपमा ‘कोपिला’ रिलिज



बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मला पन्तको हत्याकाण्डमा आधारित भएर निर्माण भएको चलचित्र ‘कोपिला’ ओएसआर डिजिटलको दामी म्यूजिक एपमा रिलिज भएको छ । केही समय अगाडि डिस होममा रिलिज भएको यो चलचित्र शुक्रवारबाट दामी एपको मोवाइल थिएटरमा रिलिज भएको हो । शुक्रवारबाट दैनिक ४ शोमा चलचित्र रिलिज भइरहेको छ ।

७५ रुपैयाँ तिरेर यो चलचित्र दामी एपको हल वानमा हेर्न सकिनेछ । दामी एपको मोबाइल थिएटरमा ४ वटा पर्दा रहेका छन्, जसमा हरेक शुक्रवार नयाँ चलचित्र रिलिज हुने गरेको छ । एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र चलचित्र हेर्नुपर्नेछ । अन्यथा अर्को टिकट काट्नु पर्नेछ । दामी एपमा ‘घामड शेरे, हजार जुनीसम्म, शुभ लभ’ लगायतका चलचित्र पनि प्रदर्शन भइसकेका छन् ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको ‘कोपिला’ लाई दर्शकबाट सुखद प्रतिक्रिया मिलेको छ । चलचित्रको कथावस्तु र कलाकारको अभिनयले मन छोएको दर्शक प्रतिक्रिया छ । चलचित्रमा गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यललगायतको अभिनय छ । चलचित्रमा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छन् ।

त्यस्तै, निर्मलाकी आमाको भूमिकामा रहेकी सरिता गिरीको अभिनयको दर्शकहरुले प्रशंसा गरेका छन् । ‘कोपिला’ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu