‘संक्रमण’ बनाउँदै ‘संरक्षण’ निर्देशक



चलचित्र ‘संरक्षण’ का निर्देशक पुर्णेन्द्रु झा कोरोना संक्रमण सामान्य भएपछि नयाँ चलचित्र निर्माण गर्ने तयारीमा जुटेका छन् । पछिल्लो पटक ‘चौका दाउ’ निर्देशन गरेका उनी कोरोना महामारीपछि ‘संक्रमण’ नाममा चलचित्र बनाउँदैछन् । योसँगै उनको पाइपलाइनमा अरु चार चलचित्र छन्, ‘सनाखत, भर्गो, फूलमाया र अफेयर’ । ‘संक्रमण’ पछि उनले यी चार चलचित्रको निर्माण गर्नेछन् ।

उनले भने- ‘पाँच चलचित्रमध्ये ‘संक्रमण’ को स्क्रिप्ट लक भइसकेको छ । अरु चलचित्रको स्क्रिप्टमा काम हुँदैछ । ‘संक्रमण’ को टाइटल मैले ‘संरक्षण’ भन्दा अगाडि नै सोचेर राखेको थिएँ । अहिले चलचित्रको कथावस्तु र टाइटल समय सान्दर्भिक भयो । कोरोनाको पृष्ठभूमिमा चलचित्र बन्नेछ ।’ उनले आफ्नै प्रोडक्सन हाउस पुर्णेन्द्रु झा प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण गर्न लागेका हुन् ।

चलचित्रका लागि कलाकार छनौट नभएको निर्देशक झाले बताए । उनका अनुसार, चलचित्रमा नयाँ र पुराना दुवै पुस्ताका कलाकारको समिश्रण रहनेछ । चलचित्र ‘संरक्षण’ मा पुर्णेन्द्रु झाको निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । ‘चौका दाउ’ बाट भने उनले आफ्नो साख जोगाउन सकेनन् । ‘संक्रमण’ ले समीक्षात्मक र व्यवसायिक दुवै सफलता प्राप्त गर्नेमा उनी विश्वस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu