कालो पहिरनमा कस्ती देखिइन् साम्राज्ञी ?



नेपाली चलचित्रकी अहिलेकी डिमान्डेड अभिनेत्री हुन्, साम्राज्ञी आरएल शाह । चलचित्रमा उनी भएपछि लगानी सुरक्षित हुने विश्वास निर्माता/निर्देशकमा छ । तर, पछिल्ला चलचित्रले उनलाई सफलताको सुख दिन सकेका छैनन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’ पछि लकडाउन अगाडिसम्म नयाँ चलचित्र साइन नगरेकी उनले लकडाउनपछि लगातार चलचित्र साइन गरिरहेकी छन् ।

‘रातो टीका निधारमा’ भन्दा अगाडि हेमराज विसीको एक प्रोजेक्टमा आबद्ध भइसकेकी उनले लकडाउनमा प्रवेश पौडेल, मिलन चाम्स र रमेश एम.के पौडेलको चलचित्र साइन गरेकी छन् । उनले ‘प्रेमगीत’ सिरिज निर्माण कम्पनी आशुसेन फिल्मस्को नयाँ चलचित्र ‘हुतुतु’ मा पनि काम गर्ने सम्भावना प्रवल छ । स्थिति सामान्य भएपछि उनलाई चलचित्रको सेड्युल मिलाउन सकस पर्ने देखिन्छ ।

लकडाउनको समयमा सामाजिक सञ्जालको माध्यमबाट अभिनेता भुवन केसीलाई लक्षित गरेर चलचित्र ‘ड्रिम्स’ को सेटमा नराम्रो व्यवहार गरेको र जापानमा भएको अवार्डमा आफूलाई दुव्र्यवहार गरेको आरोप लगाएपछि विवादमा तानिएकी साम्राज्ञीलाई भुवन केसीले अदालतमा १० करोड क्षतिपूर्तिको माग गर्दै मुद्धा दायर गरेका छन् । यो मुद्धा अहिले अदालतमा विचाराधिन छ ।

बेला बखतमा घमण्डी भएको आरोप खेप्ने गरेकी साम्राज्ञीको सुन्दरताको चर्चा नगर्ने सायदै कोही होलान् । डेब्यू चलचित्र ‘ड्रिम्स’ देखि नै उनको सुन्दरताको चर्चा हुन थालेको थियो । सोमवार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा कालो रंगको पहिरन लगाएर खिचेका केही तस्विरहरु शेयर गरेकी छन्, जसमा उनको सुन्दरता निकै खुलेको छ । दर्शकहरुले पनि उनको सुन्दरताको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu