‘प्रसाद’ को ब्रान्डलाई दुई लेभलमाथि पुर्‍याउँछु : निर्देशक चौधरी



पछिल्लो केही वर्षयता सफल भएका चलचित्रको सिक्वेल निर्माण भइरहेको अवस्थामा व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र ‘प्रसाद’ को पनि सिक्वेल निर्माण हुँदैछ । तिहारपछि छायांकन सुरु हुने चलचित्रका लागि विपिन कार्की र नम्रता श्रेष्ठसँग निर्माण टिमको कागजी सम्झौता भइसकेका छन् भने निश्चल बस्नेत पनि चलचित्रमा काम गर्न सकारात्मक देखिएका छन् ।

‘प्रसाद’ लाई दिनेश राउतले निर्देशन गरेका थिए । यसको सिक्वेलमा भने उनलाई सौरभ चौधरीले रिप्लेस गरेका छन् । कलाकार यथावत् तर निर्देशक परिवर्तन भएका कारण चलचित्र कस्तो बन्ने हो भन्ने चासो धेरैमा छ । सौरभ ‘प्रसाद’ को साख गिर्न नदिने प्रतिवद्धता व्यक्त गर्छन् । उनी भन्छन्, ‘स्क्रिप्ट बलियो बनेका कारण चलचित्रको ब्रान्डलाई दुई लेभलमाथि पुर्‍याउन सक्छु भन्ने लागेको छ ।’

‘प्रसाद’ ले दिन नसकेको जवाफ ‘प्रसाद २’ ले दिने उनी बताउँछन् । सौरभ चौधरीले यसअघि चलचित्र ‘लभ डायरीज’ को निर्देशन गरेका थिए । ‘प्रसाद २’ लाई सुवास थापाले निर्माण गर्दैछन् भने शुशील पौडेल स्क्रिप्ट बलियो बनाउन मेहनत गरिरहेका छन् । ‘प्रसाद’ सुरु हुनुभन्दा अगाडि र अन्त्य भएपछिको कथामा चलचित्र निर्माण हुनेछ । चलचित्रको फर्स्ट ड्राफ्ट तयार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu