कोरोनाका कारण विगत सात महिनादेखि सिनेमा हल बन्द छ । कोरोना संक्रमितको संख्या बढिरहेका कारण दशैंअघि सिनेमा हल खुल्ने सम्भावना न्यून देखिएको छ । जसले गर्दा चलचित्र ‘लक्ष्मी पूजा’ हलभन्दा अगाडि टेलिभिजनमा रिलिज हुने भएको छ । कात्तिक ७ गतेबाट डिस होममा प्रदर्शन हुन लागेको चलचित्रको नयाँ गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ ।

माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत छ । गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहाल फिचर छन् । जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेलीको पनि गीतमा नृत्य छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई आकर्षक बनाउन निर्माण टिमले सेटअपमा निकै मेहनत गरेको छ ।
चलचित्रलाई सौरभ लामाले खिचेका हुन् । भने, सम्पादनको जिम्मेवारी गौतमराज खड्काले सम्हालेका छन् । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई निर्देशन शोभित बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाहलगायतको अभिनय छ । ‘लक्ष्मी पूजा’ मा जाहान्वीले दोहोरो भूमिका निर्वाह गरेकी छन् ।
भिडियो :-




