‘संस्कार’ को गीतमा निशान र अस्मिताको स्वर



सरकारले छायांकन अनुमति दिएपछि निर्देशक किशोर चौधरीले चलचित्र ‘संस्कार’ निर्माण गर्ने भएका छन् । वुधवार चलचित्रमा समावेश ‘चितवनको एयरपोर्ट’ बोलको गीत रेकर्ड गरिएको छ । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीले स्वर भरेका छन् । उनीहरुले दोस्रो पटक एकसाथ चलचित्रको गीत गाएका हुन् ।

यसअघि यी दुईले चलचित्र ‘रातो टीका निधारमा’ को ‘मेरो माया के हो’ बोलेको गीत गाएका थिए । ‘चितवनको एयरपोर्ट’ गीतको शब्द तथा संगीत राम्रो रहेको र दर्शकलाई मनपर्ने निशान र अस्मिताको विश्वास छ । यो गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिने निर्देशक चौधरीले बताए । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र पारिवारिक कथामा बन्नेछ ।

दिनेश कुँवर निर्माता रहेको चलचित्रको स्क्रिप्ट निर्माता कुँवरकै हो । तिहारपछि सुटिङ सुरु हुने चलचित्रमा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश रहने निर्माता दिनेशले जानकारी दिए । चलचित्रको सह निर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । तनहुँ, पोखरा र विरगंजमा खिचिने चलचित्रमा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकार छनोट हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu