लकडाउनमा खिचिएको ‘श्री’ मा सन्दिपदेखि बर्षासम्म



नेपाली चलचित्र इतिहासमा सबैभन्दा कम समय अर्थात् ७२ घण्टामा खिचेर चलचित्र ‘श्री’ तयार गरिएको छ । कोरोना भाइरसको महामारीका कारण विगत ७ महिनादेखि चलचित्र निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक एभरेष्ट सूर्य बोहराले ‘श्री’ तयार गरेका हुन् । यो चलचित्रको विहीवार निर्देशक बोहराको जन्मदिनको अवसरमा फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर एउटै लोकेशनमा ७२ घण्टा सुटिङ गरेर तयार पारिएको चलचित्रमा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ हुन् भने यम बराल, सूर्य सिम्खडा (साइराम), बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम सहनिर्माता छन् ।

निर्देशक बोहराकै लेखनमा शिवम् अधिकारीले सघाएको चलचित्र शेरबहादुर तामाङले खिचेका हुन् । सुजन बडालको सम्पादन, एलिस कार्कीको ब्याकराउण्ड स्कोर र निरज केसीको साउन्ड मिक्सिङ छ । झण्डै दुई घण्टा लामो ‘श्री’ हल खुल्नासाथ दर्शकमाझ ल्याउने योजना रहेको निर्देशक बोहराले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu