बलात्कारको घटना रोक्न बलियो कानुन चाहिन्छ : हसनराजा खान



नेपालमा पछिल्लो समय बढेको बलात्कारको घटनाका विषयमा विभिन्न कलाकारहरुले आवाज उठाइरहेका छन् । कसैले सामाजिक सञ्जालबाट त कसैले युटुबबाट आवाज उठाइरहेका छन् । निर्माता तथा कलाकार हसनराजा खानले पनि यो विषयमा भिडियो नै तयार गरेर आफ्नो भनाई राखेका छन् ।

दुबइमा रहेका हसनले ‘साहास नेपालीको’ नामक युटुब च्यानल सञ्चालन गरिरहेका छन् । सो च्यानलमा उनले नेपाल र नेपालीको समस्याको विषयमा आवाज उठाउने बताए । हसनले नेपालमा बढ्दै गएको बलात्कारको विषयमा आफ्नो भनाई राख्दै समस्या परेपछि त्यसलाई व्यक्त गर्न डराउन नहुने बताए ।

उनले भने–‘२ महिना, ६ महिना, २ बर्षको बालिका बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । हामी कस्तो समाजको निर्माण गर्दैछौं । आज मलाई यी घटनाले पुरुष भएकोमा लाज लागेको छ ।’ हसनले आफूमाथि हुने शोषणको विषयमा बोल्न आग्रह गरेका छन् ।

बलात्कारको घटनाको विषयमा आफूले अहिलेसम्म कुनै समाधान नदेखेको भन्दै उनले बलियो कानुनको आवश्यकता रहेको बताए । उनले, बलात्कारको घटनाका दोषीलाई ७ दिन भित्रमा दण्डित गर्नुपर्ने तर्क राखेका छन् । चलचित्र ‘अलबिदा, रोमियो’ लगायतका चलचित्रको निर्माण गरेका हसनले चाँडै नयाँ चलचित्रमार्फत दर्शकमाझ आउने बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu