‘बधाई हो’ को सिक्वेलमा राजकुमार र भूमिको जोडी



आयुष्मान खुराना अभिनीत सुपरहिट चलचित्र ‘बधाई हो’ को सिक्वेल बन्ने भएको छ । चलचित्रको नाम ‘बधाई दो’ जुराइएको छ । अर्को वर्ष २०२१ जनवरीबाट छायांकन सुरु हुने चलचित्रमा आयुष्मानलाई अभिनेता राजकुमार रावले रिप्लेस गरेका छन् । त्यस्तै, चलचित्रमा अभिनेत्री भूमि पेडनेकरको इन्ट्री भएको छ । राजकुमार र भूमिले पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेका हुन् ।

चलचित्रलाई हर्षवर्धन कुलकर्णीले निर्देशन गर्नेछन् । भूमि पेडनेकरले राजकुमार रावसँग हात मिलाएको एक तस्विर इन्स्टाग्राममा शेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘राजकुमार राव अब ‘बधाई दो’ को समय आएको छ । मिल्ने छौं सेटमा । जनवरी २०२१ ।’ चलचित्रमा राजकुमार रावले एक प्रहरीको भूमिका निर्वाह गर्नेछन् भने भूमि पेडनेकर पिटी शिक्षकको भूमिकामा देखिनेछन् ।

चलचित्र ‘बधाई हो’ को कुरा गर्ने हो भने यसमा आयुष्मान खुरानाका अलावा सान्या मल्होत्रा, नीना गुप्ता, गजराज राव र सुरेखा सीकरीको मुख्य भूमिका थियो । चलचित्रको विषयवस्तु एकदमै भिन्न थियो । यसले समाजको पुरानो सोच बदल्ने प्रयास गरेको थियो । पहिलो चलचित्रसँग दोस्रो संस्करणको कथासार फरक भए पनि सामाजिक हाँस्य विधामा फिल्म बन्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu