अभिनेता रवि कार्कीले खोले डान्स एकेडेमी



अभिनेता रवि कार्कीले आफ्नो पेशालाई निरन्तरता दिँदै ‘रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमी’ सञ्चालनमा ल्याएका छन् । ‘मिलाप, प्रेम विवाह, तिमी बिनाको संसार, यो कथा हो तिम्रो मेरो, जुनी’ जस्ता चलचित्रमा अभिनय गरिसकेका कार्कीले तारकेश्वर नगरपालिका वडा नं. २ मा डान्स एकेडेमी खोलेका हुन् ।

कार्की नृत्यको क्षेत्रमा विगत २३ बर्षदेखि सक्रिय छन् । घटस्थापनाको अवसर पारेर सुरुवात गरिएको डान्स एकेडेमीको उद्घाटन कार्यक्रममा स्थानिय बुद्धिजीबि, राजनितिज्ञ, चलचित्रकर्मीको उपस्थिति रहेको थियो । डान्स एकेडेमीका सञ्चालक कार्कीले नृत्यको क्षेत्रमा राम्रो भविष्य भएको र अबको पुस्तालाई आफूले सिकेको ज्ञान बाढ्ने उद्देश्यले डान्स एकेडेमी सञ्चालन गरेको बताए ।

एकेडेमी सञ्चालनमा नायक कार्कीलाई शोभा तामाङले साथ दिएकी छिन् । नायक कार्कीले लामो समय भारतिय सुप्रसिद्ध नृत्य निर्देशक रेमो डिसुजा, राज जोशीसँग डान्स सिकेर आफ्नै देशमा केही गर्ने अठोट बोकेर स्वदेश फर्किएका थिए । उनले ‘रि एण्ड कि डान्स एण्ड जुम्बा डान्स एकेडेमी’ मा हरेक प्रकारका डान्सका साथै एक्टिङ, थिएटर एक्टिङ, आरजे तथा भिजेको समेत प्रशिक्षण दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu