सुरु भयो ‘चोर र पुलिस’ को छायांकन



आइतवारबाट चलचित्र ‘चोर र पुलिस’ को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको चलचित्रको दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो । काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले चलचित्रको ‘कुन देश कि परी’ बोलको गीतबाट छायांकन सुरु गरेको हो । गीतको छायांकन कालिन्चोक आसपासमा गरिनेछ ।

दोलखा, सिन्धुपाल्चोकसँग जोडिएको मुडे, चरिकोट, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौं लगायतका स्थानमा छायांकन हुने चलचित्रमा कविता राय, आरएल लामा, बुद्धि तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य, कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ ।

आरएल फिल्म इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान, निर्माता सोनाम मोक्तान र लङ्कामाया मोक्तान हुन् । चलचित्रमा विकास चौधरीको संगीत, दिनेश पाख्रिनको, अजय स्याङ्तान, अर्जुन भुषालको नृत्य, राजु किरतीको द्न्द्व र रामेश्वर हुमागाईको छायांकन रहनेछ । चलचित्रका रमेश खत्री, करणबहादुर बिष्ट, शेखर लामा सह-निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu