‘रेड वाइन’ मा पल र साम्राज्ञी विवाहित जोडी



अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहलाई एउटै चलचित्रमा हेर्ने दर्शकको इच्छा अब पूरा हुँदैछ । उनीहरुले निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको चलचत्र ‘रेड वाइन’ मा एकसाथ काम गर्दैछन् । गएको महिना उनीहरुले यो चलचित्र साइन गरेका थिए । पल र साम्राज्ञीले पहिलो पटक अनस्क्रिन रोमान्स गर्न लागेका कारण चलचित्रप्रति धेरैको चासो बढेको छ ।

पल र साम्राज्ञी एकसाथ काम गर्ने अवसर जुटेकोमा खुसी छन् । चलचित्रमा उनीहरुका अलावा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहनेछ । सविर श्रेष्ठले चलचित्रको पटकथा तथा संवाद तयार पारिसकेका छन् । ‘राज्जा रानी र रुद्रप्रिया’ को निर्माण गरिसकेका रमेश एमके पौडेलले पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका हुन् ।

आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने चलचित्रको यसै वर्षबाट छायांकन सुरु गर्ने तयारीमा निर्माता पौडेल छन् । चलचित्रको अधिकांश छायांकन अमेरिकामा गरिँदैछ । यसका लागि कलाकारको भिसा प्रक्रियाको तयारी भइरहेको जानकारी प्राप्त छ । अमेरिकी दुतावासले भिषा दिएको अवस्थामा पल र साम्राज्ञी पहिलो पटक अमेरिका उड्नेछन् ।

रमेश एमके पौडेलले चलचित्रले अमेरिकामा संघर्ष गरिरहेको एक टिनएज विवाहित जोडीको कथा पेश गर्ने बताए । उनका अनुसार, पल र साम्राज्ञी चलचित्रमा श्रीमान्-श्रीमतीको रुपमा प्रस्तुत हुनेछन् । प्रेमकथामा आधारित भएर निर्माण हुने चलचित्रको एक गीत मुम्बईमा रेकर्ड गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए । पासाङ लामा र आर्यन पौडेलले चलचित्रको निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu