टिकटकको लोकप्रियतालाई मध्यनजर गर्दै एच.पी इन्टरटेन्मेटको आयोजनामा ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा आयोजना हुने भएको छ । यो प्रतियोगितामा विजेता हुनेलाई चलचित्रमा काम गर्ने अवसर दिइने आयोजक संस्थाले जनाएको छ । प्रतिभा भएका तर अवसरबाट बन्चित प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए ।
उनका अनुसार, कोरोना भाइरसले विश्वभर पुर्याएको क्षति र लामो समयसम्मको बन्दाबन्दीपछि पनि जनजीवन कहिले सामान्यरुपमा आउँछ भन्ने कुनै अनुमान लगाउन सकिने वातावरण नरहेको र नेपाली चलचित्र क्षेत्रका कामहरू पनि तत्काल सुरु गर्न सक्ने अवस्था नरहेकोले यो असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाइनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।
अनलाइनबाट नै प्रतियोगितामा भाग लिन सकिने र विजेताहरुले चलचित्रका काम गर्ने अवसरका साथै कार, स्कुटरलगायतका अन्य थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा भाग लिन चाहने सहभागीले एच.पी इन्टरटेन्मेटको अनलाइन पोर्टल www.ppfilmy.com मा गएर दिएको निर्देशन अनुसार फर्म भरी भिडियो पठाउनु पर्नेछ ।
केहि समय अगाडि उक्त संस्थाले नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्न र नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ सम्पन्न गरेको थियो । ह्याप्पी पाठक इन्टरटेन्टमेन्टले निर्माण गरेको चलचित्र नेपाल आमा को छायांकन सकाएको छ र चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ।