कोलकाता फिल्म फेस्टिभलमा ‘महानगर’ प्रिमियर हुने



मोहन राईको निर्देशनमा बनेको चलचित्र ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा चलचित्र छनोट भएको हो । यो फिल्म नोभेम्बर महिनाको ५ तारिखदेखि १२ तारिखसम्म हुने फेस्टिभलमा वर्ल्ड प्रियिमर हुनेछ । यो चलचित्र निर्माण सम्पन्न भएको तीन वर्ष भइसकेको छ ।

कोलकाता फिल्म फेस्टिभलमा चलचित्र छनोट भएकोमा कलाकारदेखि निर्माता-निर्देशकले खुसी व्यक्त गरेका छन् । केही प्राविधिक कारणले चलचित्र तयार हुन समय लागेको तर ढिला भए पनि राम्रो बनेको निर्देशक राईले बताए । उनका अनुसार, चलचित्रले एक रातको कथा भन्छ । काठमाडौंमा रातको समयमा दुई अपरिचित युवा-युवतीको भेट भएपछिको कथालाई चलचित्रमा बुनिएको छ ।

नायक कर्मा शाक्य, नायिका मेनुका प्रधान र कलाकार जीवन बरालको अभिनय रहेको ‘महानगर’ माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स् प्रालिले निर्माण गरेको हो । यो चलचित्रको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परिक्षित झाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu