इजरायलमा ‘छ एकान छ’ देखाईँदै | दिपा श्री पनि जाँदै



[dropcap]ने[/dropcap]पालमा पछिल्लो पटक चर्चा र सफल चलचित्रको लिष्टमा पर्न सफल नेपाली चलचित्र ‘छ एकान छ’ इजरायलमा प्रदर्शन हुने भएको छ। १४ मार्च मा इजरायलको तेल-अविवमा सो चलचित्र प्रदर्शन हुनेछ।

cha-ekan-cha-israel

चलचित्र प्रदर्शनसँगै सो चलचित्रकी निमात्री तथा चर्चित हाँस्यकलाकार दिपा श्री निरौलाको पनि बिशेष प्रस्तुती रहनेछ। तेल-अविवको सिनेम्याटिक हलमा सो चलचित्र प्रदर्शनमा हुनेछ। ‘छ एकान छ’ प्रदर्शनको आयोजना फास्टनेपाल डटकम, राइटनेपाल डटकम, एनपि न्यूज डटनेट र ब्रोडनेपाल डटकमले गरेका हुन्।

दिनेश डिसी निर्देशित ‘छ एकान छ’मा दिपक राज गिरी, निता ढुंगाना, केदार घिमिरे(माग्नेबुढो), शिवहरी पौडेल(मुखाँ हान्नु), जितु नेपाल(मुन्द्रे), सिताराम कट्टेल(धुर्मुस), सन्दिप क्षेत्री, अर्जुन श्रेष्ठ, शैलेश आचार्य लगाएतको अभिनय रहेको छ। यो चलचित्रलाई दिपक राज गिरी, दिपा श्री निरौला र निर्मल शर्मा (गैँडा)ले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu