‘साईनो’ निर्देशक छोपेललाई ‘रश्मिप्रसाद एल्ली पुरस्कार’



बि.सं. २०४५ सालमा रिलीज भएको नेपाली चलचित्र ‘साईनो’का निर्देशक उगेन छोपेललाई सिक्किमको प्रतिष्ठित ‘रश्मिप्रसाद एल्ली पुरस्कार २०२०’ प्रदान गरिने भएको छ ।

सिक्किमको ग्यांटोकमा बिहिबार बसेको सिक्किम प्रज्ञा प्रतिष्ठानको बैठकले १२ नोभेम्बर २०२० मा देवकोटा जयंती मनाउने र सोहि अवसरमा पुरस्कार हस्तान्तरण गर्ने निर्णय गरेको हो । नेपाली कला र संस्कृतिको क्षेत्रमा पुऱ्याएको योदगानको सम्मानस्वरुप पुरस्कार प्रदान गर्न लागिएको बताईएको छ ।

उगेन छोपेल (दायाँ)

पुरस्कार सिक्मिमका मूख्यमन्त्री पीएस गोलेले प्रदान गर्नेछन् । पुरस्कार राशी भारु. ३१ हजार र प्रमाणपत्र रहेको छ ।

उगेनले ‘साईनो’ पछि ‘तृष्णा’, ‘नेपाली बाबु’ र ‘बादल पारी’ निर्देशन गरे । उगेन बीस बर्षदेखी नेपाली चलचित्रमा सक्रिय छैनन् । उनले बलीउडका केहि फिल्ममा एशोसियट निर्देशन तथा टेलिसिरियल निर्देशन गरेका छन् । उगेनले कोरोना महामारी पछि नेपाली चलचित्र निर्देशनको तयारी गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu