निर्देशक तथा कलाकार अशोक शर्मालाई कोरोना संक्रमण



नेपालमा भयावह रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण एक दर्जन बढी नेपाली कलाकारमा देखिसकेको छ । यसबीच, चलचित्र निर्देशक तथा कलाकार अशोक शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दशैं मनाएर जन्मथलो झापाबाट काठमाडौं फर्किने क्रममा सतर्कताका लागि पिसिआर परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट निर्देशक शर्माले पिसिआर परीक्षण गराउँदा आफूमा कोरोना देखिएको जानकारी गराएका छन् । उनले दशैंको समयमा आफ्नो सम्पर्कमा आएका परिवारका सदस्य, साथी भाई, कार्यालयका कर्मचारीलाई कोरोना परीक्षण गर्न र सुरक्षित रहन आग्रह गरेका छन् । उनले विना कुनै लक्षण परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

पछिल्लो समय चलचित्रकर्मीमा कोरोना संक्रमण बढेको छ । अभिनेता, अभिनेत्री, निर्माता, निर्देशक, प्राविधिकमा कोरोनाको संक्रमण देखिएको छ । हरिवंश आचार्य, विजय लामा, प्रकाश शाहलगायत कोरोना मुक्त भइसकेका छन् भने मनोज गजुरेल, मिलन चाम्स, प्रदिप कुमार उदय, सुशिल पोखरेललगायत कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu