निर्देशक दीपेन्द्र के. खनालका पिताको निधन



निर्देशक दीपेन्द्र के. खनालका पिताको निधन भएको छ । उनका पिता श्याम कुमार खनालको ६६ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको वितरक तथा निर्माता करण श्रेष्ठले जानकारी दिए । निर्देशक खनालका पिताको निमोनियाका कारण बुधवार मनमोहन अस्पतालमा निधन भएको हो ।

उनका तीन छोरा र एक छोरी छन् । विदूर नगरपालिका वडा नं. ५ माझीटार नुवाकोटमा जन्मिएका श्याम कुमार खनाल लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध थिए । उनको निधनप्रति शिक्षा क्षेत्रका व्यक्तिसँगै चलचित्रकर्मीहरुले सामाजिक सञ्जालको माध्यमबाट दुःख व्यक्त गरेका छन् ।

निर्देशक दीपेन्द्र के. खनाल पितासँग निकै नजिक थिए । उनले आफ्नो पछिल्लो चलचित्र ‘आमा’ पितालाई हलमै लगेर देखाएका थिए । निर्देशक दीपेन्द्र के. खनाल स्थिति सामान्य भएपछि सामाजिक विषयवस्तुमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’ को छायांकन थाल्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu