अहिले चलचित्र बनाउने निर्माता डुबे घनघोर पाप लाग्छ : निर्मल शर्मा



कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो, चलचित्र क्षेत्र । सरकारले कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन घोषणा गर्नुभन्दा अगावैदेखि चलचित्र सम्बन्धि गतिविधिमा रोक लगाएको थियो । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, चलचित्र क्षेत्रमा लागेको प्रतिबन्ध अझै हटेको छैन ।

निषेधाज्ञा खुकुलो भएपछि चलचित्र क्षेत्र केही हदसम्म चलमलाउन भने थालेको छ । कोरोनाका कारण निर्माण हुन नसकेका एकपछि अर्को चलचित्र फ्लोरमा निस्किरहेका छन् । सरकारले छायांकन अनुमति नदिए पनि ‘ए मेरो हजुर ४, आई एम ट्वान्टिवान, आश्रम, चोर र पुलिस’ लगायतका चलचित्रको अहिले छायांकन भइरहेको छ । चलचित्र विकास बोर्डले पनि चलचित्र निर्माणको अनुमति दिइरहेको छ ।

निर्देशक तथा कलाकार निर्मल शर्माले यो समयमा चलचित्र बनाउन तम्सने निर्माता बलभद्र कुँवर र भिमसेन थापाभन्दा बहादुर रहेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘सरोकारवाला संघ संस्थाहरु पहिले समर्पित निर्माता निर्देशकहरुका तयार भएका र बीचमा रोकिएका चलचित्रहरुलाई सुरक्षित बनाउन पहल गर्नुस् अनि मात्र नयाँ चलचित्र निर्माणको स्विकृति दिनुहोला ।’

चलचित्र सम्बद्ध संघ-संस्थाहरुले निर्माण भइसकेका र बीचमा रोकिएका चलचित्रलाई सुरक्षित बनाउन पहल नगरेर अन्धाधुन्ध नयाँ चलचित्र निर्माणको स्विकृति दिए अहिले लगानी गर्न तयार भएका अनभिज्ञ निर्माताहरुको घरबार डुबे घनघोर पाप लाग्ने कलाकार निर्मल शर्माले बताएका छन् । यो विषम परिस्थितिमा चलचित्र निर्माण गर्न तम्सने निर्मातालाई चलचित्र क्षेत्रले जोगाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu