अदिती सोध्छिन्, ‘मेरो सपना देख्छौ ?’



अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’ मा अभिनय गरेपछि चर्चामा आएकी अभिनेत्री अदिती बुढाथोकी लामो समयदेखि बलिउड प्रवेशका लागि मुम्बईमा संघर्ष गरिरहेकी छन् । केही पञ्जाबी र हिन्दी गीतमा अभिनय गरेर एक हदसम्म चर्चा बटुलेकी उनले ‘कृ’ पछि भने नेपाली चलचित्रमा काम गरेकी छैनन् । यद्यपि, उनले एक चलचित्र भने साइन गरिसकेकी छन् ।

लकडाउनभन्दा अगाडि उनी ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिइन् । यही चलचित्रका लागि उनी मुम्बईबाट नेपाल आएकी थिइन् । गायकबाट हिरो बन्न लागेका नितेशजंग कुँवरसँग उनले केही दिन वर्कसप पनि गरिन् । तर, छायांकन सुरु नहुँँदै कोरोनाका कारण देश लकडाउन भयो । यसपछि उनी परिवारसँग काठमाडौंमा बस्दै आएकी छन् ।

चार दिन अगाडि उनले अभिनय गरेको हिन्दी गीत ‘तु मेरा नहीँ’ सार्वजनिक भएको छ । यसमा भारतका चर्चित संगीतकार अमाल मलिकको स्वर छ । भिडियोमा अदितीले अमालसँगै रोमान्स गरेकी छन् । यो गीतलाई दर्शकहरुले अत्याधिक मन पराएका छन् भने अदितीको सुन्दरताको प्रशंसा भएको छ । यो गीतले उनलाई बलिउड प्रवेशका लागि बाटो खोल्ने धेरैले विश्वास गरेका छन् ।

अभिनेत्री अदिती बुढाथोकी सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छन् । आइतवार उनले फेसबुक र इन्स्टाग्राममा आफ्ना केही तस्विरहरु पोस्ट गर्दै ‘के तिमी कहिले मेरो सपना देख्छौ ?’ भनेर सोधेकी छन् । अदितीको यो जिज्ञासा आफ्ना प्रशंसकप्रति हो वा प्रेमीप्रति ? त्यो भने उनले खुलाएकी छैनन् । गएको वषदेखि उनी भारतीय र्‍यापर अलिम मोरानीको प्रेममा रहेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu