टिकटकमा माया साट्दै केकी र आर्जन !



राम्रो अभिनय गर्ने तथा बौद्धिक अभिनेत्रीको रुपमा चिनिन्छिन्, केकी अधिकारी । तर्कसहित विचार पस्कने खुबीका कारण उनले अहिलेसम्म विवादको सामना गर्नु परेको छैन । अभिनयमा पनि आफूलाई प्रमाणित गरिसकेकी उनले एक दशक लामो आफ्नो करिअरमा तीन दर्जन बढी चलचित्रमा अभिनय गरेकी छन् । जसमध्ये सफल चलचित्र ‘छ माया छपक्कै’ मात्र हो ।

‘मसान, महशुस, ऐश्वर्य, घामपानी, वितेका पल’ लगायतका चलचित्रमा उनले गरेको अभिनयको निकै प्रशंसा भएको थियो । कोरोना महामारी सामान्य भएपछि उनी नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छिन् । गएको एक महिनादेखि चलचित्रमा अनुबन्ध भएका कलाकारहरु वर्कसपमा व्यस्त रहेको उनको भनाई छ । केकीले यसअघि चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाएकी थिइन् ।

अभिनय कलाका कारण फिल्म क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी केकी केही वर्षयता भने गायक तथा मोडल आर्जन पान्डेको प्रेममा रहेको चर्चा छ । यद्यपि, उनी यस विषयमा मौन छिन् । आर्जनको स्वरमा रहेको ‘झिमिक्कै परेली’ बोलको गीतमा केकीले नृत्य समेत गरेकी छन् । उनीहरुले बेला बखतमा एकअर्काको तस्विर सामाजिक सञ्जालमा पनि पोट्याउने गरेका हुन्छन् ।

दुई दिन अगाडि आर्जनले केकीसँग ‘यो पल पलको आवाज हो’ बोलको गीतमा टिकटक भिडियो बनाएका छन् । यो गीतमार्फत् उनीहरुले एकअर्काप्रति प्रेमभाव व्यक्त गरेका छन् । उनीहरु प्रेम सम्बन्धमा रहेको कुरालाई यो टिकटक भिडियोले पनि बल पुर्‍याउँछ । तर, दुवैले प्रेम सम्बन्ध स्वीकार गर्न सकेका छैनन् । दर्शकहरुले भने यो जोडीलाई निकै मन पराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu