सौगात र सृष्टिलाई फापेको प्रेम



प्रायः सेलिब्रेटीहरु प्रेम सम्बन्धलाई सकेसम्म लुकाउन खोज्छन् । यसले करिअरलाई संकटमा पार्ने धेरैको विश्वास छ । तर, अभिनेता सौगात मल्ल र पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ यो मामलामा उदार छन् । उनीहरुले प्रेम सम्बन्ध लुकाउन कहिल्यै आवश्यक ठानेनन् । उनीहरु गएको केही वर्षयता एकअर्काको प्रेममा रमाइरहेका छन् । दुईको सम्बन्ध खुल्ला किताबझैँ छ ।

अचेल सौगात र श्रृष्टि कुनै कार्यक्रममा जाँदा एकअर्का विना कमै देखिन्छन् । मिडियाको क्यामेरा अगाडि प्रेमिल तस्वीर खिचाउन पनि उनीहरु हिचकिचाउँदैनन् । दुईले एकअर्कालाई गरेको केयर र मायाले धेरैलाई लोभ्याउने गरेको छ । लकडाउनयता एउटै घरमुनी बस्दै आएका सौगात र श्रृष्टि चाँडै विवाह गर्ने तयारीमा पनि छन् । तर, यसका लागि दुबैमा हतारो देखिएको छैन ।

रियल लाइफमा छुटिएर बस्न नसक्ने यो जोडीको अहिले चलचित्रमा पनि सहकार्य टुटेको छैन । सौगातले आफूलाई अफर हुने चलचित्रमा अभिनेत्रीको रुपमा सृष्टिलाई सिफारिस गर्ने गरेको चर्चा छ । तर, उनी यो कुरा नकार्छन् । सौगात र सृष्टिले पहिलो पटक चलचित्र ‘मासु भात’ मा काम गरेका थिए । यो चलचित्रको रिलिज पखाईमा छ । यसपछि दुईले चलचित्र ‘पोइ पर्‍यो काले’ मा काम गरे ।

लकडाउनभन्दा अगाडि सौगात र सृष्टिले चलचित्र ‘माइकल अधिकारी’ मा काम गरेका थिए । यसमा उनीहरु श्रीमान-श्रीमतीको भूमिकामा छन् । योसँगै मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘सँगसँगै’ मा पनि यी दुईको जोडी बाँधिएको छ । केही नयाँ चलचित्रमा पनि उनीहरुबीच सहकार्य हुन लागेको जानकारी प्राप्त छ । सौगात र सृष्टिलाई लभ लाइफ चाहिँ फापेकै हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu