चलचित्र पत्रकार गोकर्ण गौतमको निधन



चलचित्र पत्रकार गोकर्ण गौतमको निधन भएको छ । उनको बिहीवार ३१ वर्षको उमेरमा निधन भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि गौतमको बिहीवार शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको क्रममा रक्तश्राव भइ उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । गत वर्षदेखि कान्तिपुर दैनिकमा कला, साहित्य सम्बन्धी कलम चलाउँदै आएका उनी यसअघि नेपाल साप्ताहिकमा कार्यरत थिए । उनी गहन ढंगले चलचित्र समीक्षा गर्ने पत्रकारको रुपमा परिचित थिए । नयाँ चलचित्र प्रदर्शनमा आउँदा उनको समीक्षाको चलचित्रकर्मी र पाठकलाई प्रतिक्षा रहन्थ्यो ।

गत वर्ष बैबाहिक जीवनमा बाँधिएका गौतमको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । करिश्मा मानन्धर, केकी अधिकारी, प्रदीप भट्टराई, मनोज गजुरेल, निश्चल बस्नेत, रमेश उप्रेती, यम थापा, सन्तोष सेनलगायतका चलचित्रकर्मीहरुले गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले समसामयिक विषयमा पनि कलम चलाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu