हामी जस्तो सुकै विपत्तिमा पनि हार्दैनौं : बोर्ड अध्यक्ष दाहाल



यस वर्षको साउनमा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका हुन्, दयाराम दाहाल । यसबेला कोरोना भाइरसका कारण चलचत्र क्षेत्र ठप्प थियो । उनी बोर्डमा आएको पाँच महिना भइसकेको छ । तर, चलचित्र क्षेत्र अझै खुल्न सकेको छैन । बोर्ड अध्यक्ष भएदेखि उनी चलचित्र क्षेत्र पुनः सुचारु गर्न प्रयासरत छन् । उनी चाँडै चलचित्र क्षेत्र सुचारु हुनेमा विश्वस्त छन् ।

उनी चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि कोरोनाका कारण चलचित्र क्षेत्रमा कुनै प्रकारका गतिविधि भएका छैनन् । अघिल्ला बोर्ड अध्यक्ष जस्तो उनी चलचित्र सम्बन्धी कार्यक्रममा निस्कन पनि पाएका छैनन् । शनिवार बोर्ड अध्यक्षमा नियुक्त भएपछि पहिलो पटक उनी चलचित्र ‘डिसेम्बर फल्स’ को घोषणा कार्यक्रममा उपस्थित भएका थिए । यो चलचित्रमा उनले अभिनय पनि गर्दैछन् ।

बोर्ड अध्यक्षमा नियुक्त भएपछि पहिलो पटक चलचित्रको घोषणा कार्यक्रममा उपस्थित हुन पाएकोप्रति खुसी व्यक्त गर्दै उनले बोर्डमा आफ्नो पूर्नजन्म भएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘बोर्डमा आएपछि चलचित्रको कुनै कार्यक्रममा उपस्थित भएको यो मेरो पहिलो हो । यसकारण मेरो लागि यो ठूलो उपलब्धी हो । मेरो चलचित्र विकास बोर्डमा पूर्नजन्म भयो ।’

आफू बोर्डमा आएदेखि चलचित्र क्षेत्र धरासायी भएको कुरा मात्र सुन्दै आएको बताउँदै उनी भन्छन्, ‘यो चलचित्रको घोषणाले अब हामी उठ्दै पनि रहेछौं भन्ने लागेको छ । हामी जस्तो सुकै विपत्तिमा पनि हार्दैनौं भन्ने यसले देखाएको छ ।’ उनले चलचित्र सम्बन्ध गतिविधि सुचारु गर्न बोर्डले कुनै अवरोध नगरेको पनि बताएका छन् । उनी अब चलचित्र क्षेत्र चलायमान बनाउनुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu