नेप्सिनेले ल्यायो निर्माताले घरमै बसेर रोयल्टी पाउने प्रविधि



पहिले अडियो मात्र बेचेर लाखौ कमाएका सर्जक तथा निर्मातालाई अहिले लाखौ खर्चेर भिडियो बनाउँदा समेत १० प्रतिशत लगानी उठाउन गाह्रो छ । यस्तो अवस्थामा नेप्सिने कम्पनीले नयाँ टेक्नोलोजि बजारमा लिएर आएको छ । विश्वका ४० देशमा एकै साथ प्रयोगमा ल्याउन लागिएको यो प्रविधिमा नेपाली गीत संगीतका सर्जक तथा निर्माताहरुले आफ्ना सिर्जनाहरु सिधै अमेजन, एप्पल म्यूजिक, स्पोटीफाइ, डिजर, पन्डोरा जस्ता विश्वका १५० भन्दा बढि ठूला म्यूजिक स्ट्रिमिङ र म्यूजिक स्टोरमा निःशुल्क विश्वव्यापि वितरण गर्न सक्ने भएका छन् ।

नेप्सिने रेभुलुशन नाम दिइएको यस प्ल्याटफर्मको राइट्स म्यानेजमेन्ट फीचर प्रयोग गरेर फेसबुक, टिकटक, इन्स्ट्राग्राम र पब्जी जस्ता लाईभ गेम स्ट्रिमिङमा प्रयोग हुने आफ्ना सिर्जनाहरु बाट पनि सिधै रोयल्टि कलेक्सन गर्न सकिने छ । यससँग नेपाली गीत तथा संगीत अन्तर्राष्ट्रिय प्लेटफर्ममा वितरण गर्दा भारतलगायत अरु विदेसी एजेन्ट्सहरुको प्रयोग गर्नुपर्ने बाध्यतालाई यो टेक्नोलोजीले अन्त्य गरेको छ ।

बाध्यताको अन्त्यसँगै एजेन्ट्स कमिसनमार्फत बचत हुने २० देखि ३० प्रतिशत रोयल्टी पनि सिधै सर्जकले नै पाउने गरि प्ल्याटफर्मको सेटअप गरिएको जानकारी नेप्सिनेले दिएको छ । श्रष्टाको सम्मान र सांगीतिक सम्पतीको रक्षा गर्दै निरन्तर रोयल्टीको ब्यबस्ता गर्न यस्तो एडभान्स संयन्त्र बनाइएको नेप्सिनेका ग्लोबल सीई रायन रेजले जानकारी दिएका छन् । यो सेवा नेपाललगायत विश्वका करिब ४० वटा देशमा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu