मनलाई शान्त बनाउन ऋचाले सुरु गरिन् थेरापी



सामान्य जीवन बिताइरहँदा पनि धेरैलाई मानसिक समस्या हुन्थ्यो भने अहिले कोरोनाको कारण झन् समस्या थपिएको छ । किनभने हिँडडुल गर्न, आफन्त भेट्न, बाहिर काम गर्न डराउनु पर्ने अवस्था छ । कोरोनाले धेरैको रोजगारी पनि गुमेको छ । यस्तो अवस्थामा मानिसहरुलाई मानसिक समस्या देखा परेको छ । यो समयमा मनको अशान्ति भगाउँदै शरीर फूर्तिलो बनाउनु अपरिहार्य बनेको छ ।

कोरोना भाइरसका कारण आम मानिससँगै सेलिब्रेटीहरुमा पनि मानसिक समस्या उत्पन्न भएको छ । यसबाट छुटकारा पाउन कलाकारहरुले योग, व्यायाम, प्रणायमबाट मनलाई शान्त र एकाग्र बनाउने प्रयास गरिरहेका छन् । केही हप्ता अगाडि कोरोना संक्रमणलाई जितेकी भर्सटायल अभिनेत्री ऋचा शर्माले पनि मनलाई शान्त बनाउन सिङगिङ हिलिङ थेरापी सुरु गरेकी छन् ।

५ हजार वर्ष पुरानो यो थेरापीले तनाव कम गर्ने, मूड राम्रो बनाउने, ब्लड प्रेसर नियन्त्रित गर्ने, कोलेस्टेरोलको स्तर कम गर्ने, राम्रो निन्द्रा आउने, स्ट्रोकको खतरा कम गर्ने गर्दछ । यो थेरापीमा ध्वनी निस्कने कचौराको प्रयोग गरिन्छ । यसबाट निस्कने आवाजले मानिसलाई आराम प्रदान गर्छ । अभिनेत्री ऋचाले सिङगिङ हिलिङ थेरापी गरेका तस्विरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

हातमा सिङगिङ बाउल बोकेर ? उच्चारण गर्दै ध्यान गरेको तस्विर शेयर गर्दै उनले लेखेकी छन्, ‘जीवनमा मुल्यवान चिज भनेको मनको शान्ति हो । कायाकल्प गर्न र शान्त आत्मा प्राप्त गर्नका लागि सिङगिङ हिलिङ थेरापी ।’ बुढानिलकण्ठमा रहेको स्वध्यान हिलिङ एन्ड थेरापीमा ऋचाले सिङगिङ हिलिङ थेरापी गरेकी हुन् । यो थेरापीबाट ऋचाले केही हदसम्म आनन्द महशुस गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu