प्रदीप उदयको चलचित्रकर्मीलाई आग्रह- ‘अब आफ्नो अस्तित्वका लागि लडौं’



कोरोनाका कारण बन्द भएको चलचित्र क्षेत्र अझै खुल्न सकेको छैन । जसको कारण यो क्षेत्रमा काम गर्ने लाखौँ मानिस प्रभावित भएका छन् । निषेधाज्ञा खुकुलो भएपछि सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिएको छ । तर, चलचित्र क्षेत्रमाथिको फुकुवा कहिले हट्छ, कुनै टुंगो छ । चलचित्र सम्बद्ध विभिन्न संघ-संस्थाहरुले चलचित्र क्षेत्र खोल्न आग्रह गर्दा समेत सरकार मौन छ ।

हल सञ्चालक तथा चलचित्र निर्माता प्रदीप कुमार उदय भने चलचित्रकर्मी भलाद्मी भएकै कारण सरकारले नेपाली चलचित्र क्षेत्र खोल्न चासो नदेखाएको बताएका छन् । वर्तमान सरकारले नेपाली चलचित्र क्षेत्रको अस्तित्व स्वीकार नगरेको आरोप उनको छ । सरकारले दबाब र आन्दोलनको भाषा मात्र बुझ्ने उनी बताउँछन् । अब चलचित्र क्षेत्र खोल्न सबै अग्रसर हुनुपर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘अन्य सबै व्यवसायीको संगठनहरूले आन्दोलनको अल्टिमेटम दिए, सरकारले तत्काल खोल्ने निर्णय र्‍यो । तर हाम्रो क्षेत्र भलाद्मी । एउटा विज्ञप्ती मात्र पनि निकालेर अल्टिमेटम दिएको भए सायद यो सरकारले सुन्थ्यो होला । तर हामी भलादमी ।’ सञ्चार मन्त्रालयले चलचित्र क्षेत्र खोल्न सिफारिस गरे पनि सरकार मौन रहेको उनले उल्लेख गरेका छन् ।

उनले थपेका छन्, ‘सरकार भन्दिनु पर्‍यो चलचित्र क्षेत्रको यो मुलुकमा आवश्यकता छैन । बन्द गर्दिउ । चलचित्रसँग सम्बन्धित सबै इजाजत पत्र खारेज गर्दिउ र भन्दिउ चलचित्र क्षेत्रसँग सम्बन्धित कोही पनि हाम्रो नागरिक होइन र यिनीहरूको संरक्षण गर्नु हाम्रो दायित्व होइन । हामी चुपचाप अर्को बाटो लाग्छौं ।’ उनले आफ्नो अस्तित्वका लागि लड्न चलचित्रकर्मीलाई आग्रह गरेका छन् ।

चलचित्र विकास बोर्ड गम्भीरतापूर्वक चलचित्र क्षेत्र खोल्न लागे पनि सरकारले महत्त्व नदिन सक्ने भन्दै उनले यसका लागि चलचित्र क्षेत्रसँग सम्बन्धित संघ-संस्था अग्रसर हुनुपर्ने बताएका छन् । दबाब र आन्दोलन बिना सरकारले चलचित्र क्षेत्रको अस्तित्व स्वीकार नगर्ने उनको भनाई छ । चलचित्र क्षेत्र खोल्न पहल नगर्ने हो भने चलचित्र क्षेत्रसँग सम्बन्धित संघ-संस्था बन्द गर्न उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu