युवा ज्योतिष हरिहर अधिकारीले अभिनेताको रुपमा डेब्यू गरेको चलचित्र ‘शुभ लभ’ यूट्युबमा सार्वजनिक भएको छ । गत वर्षको चैत्र १५ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ओएसआर डिजिटलको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सिनेमा हलमा यो चलचित्र असफल सावित भएको थियो । सन्तोष बाबु लोहनीले चलचित्रको निर्देशन गरेका हुन् ।

बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । चलचित्र ‘शुभ लभ’ मा हरिहर अधिकारीका अलावा कृष्टिन पौडेल, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । लकडाउनको समयमा यूट्युबमा सार्वजनिक भएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन् ।
चलचित्र हेर्नुहोस् :-