‘परदेशी २’ मा दुलही बनिन् केकी



गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ को सफलतापछि हौसिएकी अभिनेत्री केकी अधिकारीले लकडाउनभन्दा अगाडि चलचित्र ‘झिँगेदाउ’ को छायांकन पूरा गरेकी थिइन् । अहिले उनी चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त छिन् । लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको चलचित्रको बिहीवारदेखि पाल्पाका विभिन्न रमणीय स्थानमा छायांकन भइरहेको छ ।

यो चलचित्रमा केकीले निर्वाह गरेको भूमिकाको बारेमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । तर, सोमवार केकीले चलचित्रको सुटिङ सेटबाट आफू दुलहीको भेषमा सजिएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । चलचित्रमा प्रकाश सपुत, प्रशान्त तामाङ र दीलिप रायमाझी मुख्य भूमिकामा रहेका कारण उनी कसकी दुलही बनेकी हुन्, यो भने खुलेको छैन ।

अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुको संघर्षको कथा उठान गरेको चलचित्रमा वर्षा सिवाकोटी पनि मुख्य भूमिकामा छिन् । २०७२ सालमा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेल र नाम चलेका कलाकारको अभिनय रहेका कारण ‘परदेशी २’ लाई दर्शकहरुले प्रतिक्षा गरिरहेका छन् । यो चलचित्रबाट गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu