‘खलनायक २’ मा नहुने भए राजेश, विराज र निखिल



निर्माता रोज राणा करीब दुई दशक अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘खलनायक’ को सिक्वेल निर्माण गर्दैछन् । गएको भदौंबाट चलचित्रको छायांकन सुरु हुने बताइएको थियो । तर, सरकारले चलचित्र क्षेत्रका गतिविधि फुकुवा नगर्दा र कोरोनाको संक्रमण सामान्य नहुँदा चलचित्रको छायांकन अन्योलमा परेको छ । अब स्थिति सामान्य भएपछि माघबाट छायांकन थाल्ने तयारीमा निर्माण टिम छ ।

गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको चलचित्रका लागि मुख्य भूमिकामा कलाकार फाइनल भएका छैनन् । ‘खलनायक’ मा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापाको मुख्य भूमिका थियो । यसअघि निर्माता राणाले ‘खलनायक २’ मा उनीहरु दोहोरिने सम्भावना प्रवल रहेको बताएका थिए । तर, अब चलचित्रमा पुराना कलाकार कोही नदोहोरिने भएका छन् ।

कलाकारको बारेमा रोजले भने- ‘त्यसबेला मैले चलेका कलाकारहरुलाई लिएर ‘खलनायक’ बनाएको थिएँ । यसको दोस्रो पार्टमा भने पुराना कलाकार कोही दोहोरिने छैनन् । ‘खलनायक २’ का लागि अहिलेका चल्तीका केही अभिनेता र अभिनेत्रीसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ । उहाँहरु चलचित्र गर्न सकारात्मक देखिनुभएको छ । कलाकारको टुंगो लागेसँगै चलचित्रको छायांकन सुरु हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu