अझै १५ दिन नखुल्ने भयो सिनेमा हल



विगत आठ महिनादेखि सिनेमा हल पूर्ण रुपमा बन्द छ । सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय गरेको छैन । केही दिन अगाडि ६ वटा संस्थाले संयुक्त पत्रकार सम्मेलन गर्दै चलचित्र क्षेत्रलाई सञ्चालनको अनुमति नदिए आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । तर, सरकारले अझै १५ दिन सिनेमा हल नखोल्ने भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिनेमा हल, रात्रिकालीन व्यावसाय तथा भीडभाड हुने व्यवसाय अझै १५ दिनसम्म बन्द गरिने जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘सिनेमा हल तथा रात्रिकालीन व्यवसायहरू १५ दिनसम्म कडाइका साथ बन्द गरिनेछ । १५ दिनमा संक्रमणको अवस्था हरेर आवश्यकता अनुसार ती व्यवसायहरू सञ्चालनमा ल्याइने छ ।’

अझै १५ दिन सिनेमा हल नखुल्ने भएपछि चलचित्रकर्मीहरु निराश र आक्रोशित भएका छन् । निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदयले अब आन्दोलनको विकल्प नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘अबको विकल्प कि आन्दोलनको तयारी गर । कि त पेशा, व्यवसायबाट विस्थापित हौं ।’ सरकारले आन्दोलनको भाषा मात्र बुझ्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu