कुमार निर्देशित ‘सम्बन्ध’ को शीर्ष गीत सार्वजनिक (भिडियो)



सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन) को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारीको अभिनय रहेको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिसिरियलमा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ ।

गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारी निर्माता रहेको टेलि सिरेल कोप्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिसिरियलका सहायक निर्देशक राम जे राउत हुन् । निर्देशक कुमारका अनुसार, टेलिसिरियल आगामी माघ ३ गते शनिबार ९ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu