श्वेता वास्तविक जीवनको नायिका : करिश्मा मानन्धर



अभिनेत्री श्वेता खड्काले सोमवार धनगडीका विजयन्द्र सिंह रावतसँग दास्रो विवाह गरिन् । श्रीमान् श्रीकृष्ण श्रैष्ठको निधनको ६ वर्षपछि उनले दोस्रो विवाह गरेकी हुन् । सदाबहार अभिनेत्रीको रुपमा परिचित करिश्मा मानन्धरले श्वेता खड्काको यो निर्णयलाई एउटा उदाहरणीय सुरुवात भनेकी छन् । समाजमा जनजागरण फैलाउन कहिले काहिँ आफैं उदाहरण बनेर दिनुपर्ने उनको भनाई छ ।

सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले लेखेकी छन्, ‘आएको हरेक परिस्थितिको सामना गर्दै, साथै समाजका मुल्य मान्यतालाई कायम राख्दै र मान्दै जीवनलाई हिम्मतका साथ जिउन ठूलो आँट चाहिन्छ । यस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनी कुल्चिनु पर्ने स्थिति पनि आउँछ । हरेक मानिसको खुसी भएर बाँच्न पाउने अधिकार छ ।’

‘पुरुष प्रधान मानसिकता रहेको हाम्रो यो समाजमा ठूला(ठूला आवाजमा कस्तो प्रकारको महिला सशक्तिकरणका कुरा गरिरहेका छौं हामी ? जो विचरी अवस्थामा छिन् र अरुको सहयोगको अपेक्षा गरेर आँखा तानेर बसेकी छिन् या जो हिम्मतका साथ ती सबै समस्याहरुसँग जुधेर आफूलाई भित्रैबाट सशक्तिकरण गरेर आफ्नो लागि नयाँ बाटोको निर्माण गर्दैछिन् र यो पनि समाजको अगाडि प्रस्तुत भएर गर्दैछिन् । यो एउटा उदाहरणीय सुरुवात हो,’ उनले लेखेकी छन् ।

जीवनका परेका भवितव्यबाट लथालिङ्ग नभइ त्यसबाट सिकेर बलियो भएर अगाडिको बाटो बनाउनु पर्ने उनको भनाई छ । श्वेतालाई बैबाहिक जीवनको शुभकामना दिँदै उनले अगाडि लेखेकी छन्, ‘समाजमा जनजागरण कहिले काहिँ आफैं उदाहरण बनेर पनि दिनुपर्छ । तिम्रो हिजोको स्टाटस लेखाइमा भएको तिम्रा भाव बुझेँ जस्तो लागेर यी शब्दहरु लेख्दैछु । नवीन बैबाहिक जीवनको शुभकामना श्वेता । तिमी वास्तविक जीवनको नायिका हौ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu