विशालको ‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन



निर्देशक विशाल भण्डारीले चलचित्र ‘कहानी तिम्रो मेरो’ बनाउने भएका छन् । चलचित्रका लागि मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई अनुबन्ध गरिएको छ । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ । यसमा अहिलेका चल्तीका कलाकारलाई नै लिने सोचमा निर्माण टिम छ ।

हाल चलचित्रको स्क्रिप्ट र गीत-संगीतमा काम भइरहेको जानकारी प्राप्त छ । केही म्यूजिक भिडियोमा एकसाथ काम गरेका केकी र निराजनको चलचित्रमा भने पहिलो पटक जोडी बाँधिन लागेको हो । निर्देशक भण्डारीले २ वर्ष अगाडि केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए । तर, यो चलचित्रलाई चोरीको बात लागेको थियो ।

यसअघि चलचित्र ‘लफडा र जालो’ मा अभिनय गरेका निराजनले म्यूजिक भिडियोबाट राम्रो क्रेज बनाएका छन् । उनी लामो समयदेखि आफ्नो करिअरलाई उचाइ दिनसक्ने चलचित्रको प्रतिक्षामा थिए । अभिनेत्री केकी अधिकारीले भने चाँडै आफ्नै लगानीमा ‘बोक्सीको घर’ निर्माण गर्दैछिन् । यसमा उनी स्वयंको अभिनय रहनेछ । अहिले उनी ‘परदेशी २’ को छायांकन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu