सरकारलाई दबाब दिन हामीमा हिम्मत र एकता छैन : प्रदीप उदय



कोरोना भाइरसका कारण विगत ९ महिनादेखि चलचित्र क्षेत्र पूर्ण रुपमा ठप्प छ । दशैंअघिदेखि सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिइसक्दा पनि चलचित्र क्षेत्रमाथिको प्रतिबन्ध हटेको छैन । चलचित्र सम्बद्ध संघ-संस्थाहरुले चलचित्र क्षेत्रमाथिको प्रतिबन्ध हटाउन सरकारका विभिन्न मन्त्रालय तथा विभागहरूलाई पटक-पटक आग्रह गर्दा पनि त्यसको सुनुवाई भएको छैन ।

चलचित्र क्षेत्रप्रति सरकारले देखाएको उदासिनताले चलचित्रकर्मीहरु निराश र आक्रोशित भएको अवस्थामा निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदयले सरकारले यो क्षेत्रका संघ-संस्थाको अस्तित्व स्विकार्न गर्न नसकेको र संघ-संस्थाले आफ्नो अस्तित्व देखाउन नसकेको आरोप लगाएका छन् । सरकारलाई दबाब दिन चलचित्रकर्मीबीच हिम्मत र एकता नभएको पनि उनको भनाई छ ।

उनले लेखेका छन्, ‘सरकारको चलचित्र क्षेत्रप्रतिको उदासिनता देख्दा यी दुई कुरा पुष्टि भएको छ । १. कोरोना सर्ने मुख्य क्षेत्र चलचित्र क्षेत्र रहेछ । विशेष गरेर चलचित्र घर । २. चलचित्रकर्मीहरू यो देशको नागरिक होइन र सरकारको यिनीहरूप्रति कुनै दायित्व छैन । होइन भने सरकारले चलचित्रकर्मीहरूलाई भन्न सक्नु पर्‍यो यो कारण चलचित्र क्षेत्र खोल्ने स्विकृति नदिएको भनेर ।’

चलचित्र क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन उद्योग बाणिज्य महासंघले चासो र चिन्ता लिनु पर्दैन भनेर पनि उनले प्रश्न गरेका छन् । सरकारलाई देशमा चलचित्र क्षेत्र पनि छ भन्ने सम्झना भएपछि मात्र फिचलचित्र क्षेत्र खोल्न उनको सुझाव छ । सरकारले चलचित्र क्षेत्रमाथिको प्रतिबन्ध नहटाउँदा सबैभन्दा समस्या हल सञ्चालकलाई भएको छ । किनकि, सिनेमा हल करोडौंको लगानीमा खोलिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu