सरकारले दियो चलचित्र छायांकनको अनुमति



मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रको छायांकन छायांकन खुल्ला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले शर्तसहित छायांकन अनुमति दिएको सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले बताए । मन्त्रालयले चलचित्र सम्बन्धि गतिविधि खुल्ला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चलचित्र छायांकनका लागि अनुमति दिइएको मन्त्री गुरुङ जानकारी दिए । सरकारले अनुमति नदिए पनि दशैंदेखि चलचित्रको छायांकन भइरहेका छन् । निर्माणको तयारीमा रहेका चलचित्रलाई भने सरकारको यो निर्णयले राहत दिएको छ ।

अब चलचित्र वा अन्य भिडियो सामाग्रीको छायांकन गर्दा कास्ट एन्ड क्रियूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्नुपर्नेछ । मन्त्री गुरुङले सिनेमा हल खोल्ने विषयमा भने कुनै निर्णय नभएको बताए । उता, नेपाल चलचित्र संघले पुष १० गते शुक्रवारबाट देशभरका सिनेमा हल खोल्ने स्वः घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu