‘माया बस्छ कि के हो !’ पोस्टरमा रोमान्टिक सोनाल र कस्मता



२ वर्ष अगाडि निर्माण घोषणा गरिएको चलचित्र ‘माया बस्छ कि के हो !’ प्रदर्शनका लागि तयार भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच पोस्टरसँगै चलचित्रमा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । फर्स्टलुक पोस्टरमा चलचित्रका प्रमुख अभिनेता सोनाल तामाङ र अभिनेत्री कस्मत निरौला फिचर छन् । पोस्टरले उनीहरुबीचको प्रेमभाव बोल्छ ।

चलचित्रको शीर्ष गीत भने यही शुक्रवार यूट्युबमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । राजु अधिकारी निर्देशित चलचित्रको प्रस्तुतकर्तामा शरद अधिकारी रहेका छन् । बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको चलचित्रको कथा आरती अधिकारीले लेखेकी हुन् । चलचित्रको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तले आवाज भरेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी, रविन्द्र बरालको छायांकन र विपिन मल्लको सम्पादन रहेको चलचित्रको छायांकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौंमा भएको हो । चलचित्रमा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगायतको पनि अभिनय छ । यही चलचित्रबाट कस्मता र सोनालले अभिनयमा डेब्यू गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu