टिकटकमा हरिहरसँग माया साट्दै नीता !



नेपाली चलचित्र क्षेत्रमा लुकिछिपी माया साट्ने जोडी धेरै छन् । करिअर डामाडोल हुने डरले प्रायः कलाकार खुलेर प्रेम व्यक्त गदैनन् । मिडियाले चाल पायो भने उनीहरुले मित्रताको नाम दिने गरेका छन् । अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी डेढ वर्षदेखि एकअर्काको प्रेममा रहेको चर्चा छ । तर, उनीहरुले प्रेम सम्बन्ध नकार्दै आएका छन् ।

यसबीच, नीताले पहिलो पटक हरिहरसँग टिकटक भिडियो बनाउँदै प्रेम अभिव्यक्त गरेकी छन् । बिहीवार साँझ आफ्नो टिकटक एकाउन्टमा उनले गायिका मिलन नेवारको स्वरमा रहेको चर्चित गीत ‘फुलबुट्टे सारी’ मा हरिहरसँग टिकटक बनाएकी छन् । टिकटकमा हरिहर लजाउँदै मुस्कुराएका छन् । उनीहरुको प्रेम सम्बन्धको चर्चालाई यो टिकटकले थप मलजल मिलेको छ ।

बुझिए अनुसार, नीता र हरिहरको चिनजान नीताको भाईको माध्यमबाट भएको थियो । २ वर्ष अगाडि नीताको बर्थ-डे सेलिब्रेसनमा उपस्थित हुँदा हरिहरले एक अन्तर्वार्तामा भनेका थिए- ‘नीतासँग प्रायः भेटघाट भइरहन्छ । उहाँको घरमा गएर चिया पनि खाएको छु । मलाई उहाँ सबै कुरामा राम्रो लाग्छ ।’ उनले नीतालाई मक्कर राशीको व्यक्तिसँग विवाह गर्न पनि सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu