‘चलचित्र प्रोजेक्ट बीमा’ सञ्चालनमा



१० महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्र विकास बोर्डले ‘चलचित्र बीमा सञ्चालन कार्यविधि’ सञ्चालनमा ल्याएको छ । सरकारले छायांकन अनुमति खुल्ला गरेको मितिबाट २०७८ असार मसान्तसम्म फिल्म निर्माणको इजाजत लिने चलचित्रका लागि बोर्डले चलचित्र बीमा सञ्चालनमा ल्याएको चलचित्र निर्माता संघले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

संघका महासचिव रोज राणा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणको अप्ठ्यारो परिस्थितिमा केही हदसम्म चलचित्र निर्मातालाई राहत तथा प्रोत्साहन गर्नको लागि नेपाल चलचित्र निर्माता संघको विशेष पहलमा चिलचित्र बिकास वोर्डले चलचित्र प्रोजेक्ट बीमालाई, नेपाल सरकारले छायांकन फुकुवा गरेको मितिबाट २०७८ असार मसान्तसम्मका लागि चलचत्रि निर्माण इजाजत लिइने सिनेमाहरुको हकमा ‘चलचित्र प्रोजेक्ट बीमा कार्यविधि २०७७’ सञ्चालनमा ल्याएको छ ।

२०७८ असार मसान्तभित्र चलचित्र निर्माणको इजाजत लिने फिल्मलाई ‘प्रोजेक्ट बीमा कार्यविधि’ ले निर्देशन गरे बमोजिम एक लाख पचास हजार बीमा शुल्क उपलब्ध हुने निर्माता संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोनाको असरबाट प्रत्यक्ष मारमा परेका चलचित्रलाई चलचित्र विकास बोर्डले राहत प्याकेजको घोषणा गर्न लागेको पनि विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu