कलाकार संघको भवन शिलान्यास



चन्द्रागिरी नगरपालिका वडा नं. १२ पुरानो नैकाप थानेटारमा नेपाल चलचित्र कलाकार संघको आफ्नै भवन निर्माण हुने भएको छ । शनिवार एक समारोहका बीच शहरी विकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले संघको भवन शिलान्यास गरेका छन् । मन्त्री श्रेष्ठले कलाकार संघले आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी व्यक्त गरे । ६ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य संघको छ ।

संघले खडा गरेको भवन निर्माण कोष र विभिन्न चलचित्रकर्मीहरुको सहयोगमा जग्गा खरिद गरेको जानकारी दिँदै संघका अध्यक्ष रविन्द्र खड्काले भवन निर्माणका लागि सरकारबाट ५० लाख प्राप्त भएको बताए । उनले भने( ‘सरकारले अरु पनि दिन्छु भनेको छ । हामीले सरकारसँगै देश तथा विदेशमा रहनुहुने विभिन्न चलचित्रकर्मीहरुको सहयोगबाट संघको भवन निर्माण गर्न लागेका हौं ।’

उनका अनुसार, साढे तीन तल्लाको भवन निर्माण गर्न लागिएको हो । भवनको शिलान्यास कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हास्य अभिनेता हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मधु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, मदुसुधन प्रधानलगायतको उपस्थिति रहेको थियो । कलाकार संघ स्थापना भएको ३३ वर्ष भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu