यूट्युबमा दर्शकले रुचाए ‘जात्रै जात्रा’



गएको ६ दिन अगाडि यूट्युबमा सार्वजनिक भएको चलचित्र ‘जात्रै जात्रा’ लाई पनि दर्शकले निकै रुचाएका छन् । प्रदीप भट्टराई निर्देशित चलचित्रलाई यूट्युब रिलिजको ६ दिनमा २४ लाख बढी भ्यूज र ४८ हजार लाइक्स मिलेको छ । चलचित्र हेरेर २ हजार बढीले आफ्नो प्रतिक्रिया जनाएका छन् । २ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्रले बक्सअफिसमा बम्पर व्यापार गरेको थियो ।

समीक्षक र दर्शकबाट उम्दा प्रतिक्रिया पाएको चलचित्रलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । चलचित्रले ९५ प्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ । प्रायःले कलाकारको अभिनय, कथावस्तु, गीत-संगीत, डाइलग र निर्देशकिय पक्षको प्रशंसा गरेका छन् । यूट्युबमा चलचित्रले पाएको सकारात्मक प्रतिक्रियाबाट निर्माण टिम हौसिएको छ ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बनियाँलगायतका कलाकारको अभिनय छ । ‘जात्रै जात्रा’ को सफलतापछि यसको निर्माण टिम ‘जीवन जात्रा हो’ नाममा चलचित्र बनाउने तयारीमा रहेको चर्चा छ । तर, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन । ‘जात्रा’ टिम मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग मिलेर नयाँ चलचित्र निर्माणको तयारीमा छ ।

पूरा चलचित्र हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu