निर्मातालाई सुरक्षित बनाउने विषयमा सोच्न जरुरी छ : प्रदीप खड्का



९ महिनासम्म बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएको छ । तर, अहिलेका हटकेक अभिनेता प्रदीप खड्काले यो असहज परिस्थितिमा चलचित्र हेर्न दर्शक नआए हल खोल्नुको औचित्य नहुने बताएका छन् । बिहीवार ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गर्दै उनले भने- ‘हल खोल्नु पर्छ । तर, निर्मातालाई कसरी सुरक्षित बनाएर लैजाने भन्ने विषयमा पनि सोच्न जरुरी छ ।’

लगानी सुरक्षित हुने ग्यारेन्टी भए आफू अभिनीत चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शन गर्न निर्माता तयार रहेको पनि उनले बताए । अभिनेता खड्का अगाडि भन्छन्, ‘सामान्य अवस्थामा त नेपाली चलचित्रको अवस्था गाह्रो थियो भने यो असहज परिस्थितिमा फिल्म रिलिज गर्न को निर्माता तयार होला र ? निर्मातालाई सुरक्षित बनाएर सिनेमा हल खोल्यो भने दर्शक आउनुहुन्छ जस्तो मलाई लाग्छ ।’

उनी पुरानो चलचित्र हेर्न दर्शक हल आउनेमा विश्वस्त छैनन् । मानिसका लागि मनोरञ्जन सबैभन्दा पछाडि आउने भएका कारण दर्शकलाई पुरानो चलचित्र हेर्न पैसा तिरेर हल आउनुस् भन्न गाह्रो रहेको उनी बताउँछन् । प्रदीप थप्छन्, ‘निर्मातालाई सुरक्षित गरेर राम्रो चलचित्र दिने हो भने कोरोना भाइरसका कारण मोनोटोनस भएर मनोरञ्जन खोजिरहनुभएका दर्शक हलमा आउन सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu