पुरनले घोषणा गरे ‘तीन जुङ्गे’



पुष १२ गते निर्देशक, निर्माता तथा कलाकार पुरन थापा आफ्नो जन्मदिन मनाउँदैछन् । आफ्नो जन्मदिनको अवसरमा उनले नयाँ चलचित्रको घोषणा गरेका छन् । ‘पिरिम पर्‍या छन्’, ‘कान्छी मट्याङ ट्याङ’, ‘फेरि–फेरि’ लगायतका चलचित्र निर्देशन गरिसकेका उनले कमेडी जनरामा निर्माण हुने चलचित्र ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् । चलचित्रको छायांकन माघ तेश्रो साताबाट सुरु हुने बताइएको छ ।

बसुन्धरा मुभीजको ब्यानरमा अमृत लम्साल र भुवन तिवारीले निर्माण गर्ने चलचित्रमा निर्देशक थापासँगै लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी, शिखा सुवेदी, ललीत सिंह साउद, विकल उप्रेती, सविता दनाइ, सुपा खनाल, छायाँ भुजेललगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र खिच्ने जिम्मेवारी विमल ढकालले पाएका छन् ।

चलचित्रका लागि मुख्य अभिनेता र अभिनेत्री भने छनोट हुन बाँकी रहेको निर्देशक थापाले बताए । चलचित्रमा बिनोदकुमार भुजेलको संगीत, ललीत सिंह साउदको सम्पादन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहनेछ । सामाजिक विषयमा हास्यरस मिसाएर निर्माण गर्न लागिएको ‘तीन जुङ्गे’ सँगै चलचित्र ‘फेरि–फेरि’ को खिच्न बाँकी दुईवटा गीत पनि छायांकन गर्ने तयारीमा निर्देशक थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu